Toggle Menu

समाचार

APF News
माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन


        माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र
प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २७ गते दोश्रो पटक आयोजित ‘एक
दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशाला’को उद्घाटन
गर्नुभएको छ ।
        नेपाल सरकार गृह मन्त्रालय र जीवन बिज्ञान प्रतिष्ठानद्वारा
संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा माननीय उपप्रधानमन्त्री एवं
गृहमन्त्री श्रेष्ठले योग र ध्यानले मानव जीवन तनावमुक्त बनाई दैनिक
गर्ने कामकारवाहीमा एकाग्रता ल्याई परिणाममुखी बनाउन विशेष सहयोग
पु¥याउने बताउनुभयो ।
        उहाँले नियमित योग र ध्यान अभ्यासले हामीले गर्ने दैनिक कार्यमा
सकारात्मक परिणाम ल्याई सुशासनको अभियानलाई अझ बढी प्रभावकारी बनाउन
विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो ।
        कार्यक्रममा गृहसचिव दिनेश भट्टराई लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी
र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृत, गृहमन्त्रालयका सहसचिव तथा
गृहमन्त्रालय मातहत पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

2080-06-27
APF News
विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा

        पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४
गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान
बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म अलौले बिरगंजबाट काठमाडौतर्फ आउँदै गरेको ना ८ ख ३९७८ नम्बरको माल
वाहक ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडाको भन्सार
प्रज्ञापन पत्रमा भने ९८ लाख ३७ हजार ३ सय ६ रुपैयाँ कायम रहेको छ ।
        नियन्त्रणमा लिइएको ट्रक बरामद लत्ताकपडासहित आवश्यक अनुसन्धानको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

2080-06-25
APF News
चोरीपैठारीको सामानसहित मोटरसाईकल नियन्त्रणमा

        बाँके जिल्लाको जानकी गाउँपालिका २ बन्जाडेगाउँबाट असोज २२ गते सशस्त्र
प्रहरीले करीव ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न
सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
        भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्यको लत्ताकपडा, पर्दा, खाद्यान्य तथा किराना सामान नं. ३०
बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिएको हो । सामान ल्याउने व्यक्ति भने
गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै मोटरसाईकल र सामान छाडी
फरार भएका थिए ।
        बरामद सामान तथा मोटरसाईकल नेपालगंज भन्सार कार्यालय कार्यालय जमुनाह
बाँकेमा बुझाईएको छ ।

2080-06-24
APF News
सशस्त्र प्रहरी बल नेपालद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना

        चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय
२२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष
(हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा
र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ
३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ ।
        दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित
एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्वार
कार्यमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय
र सहकार्यमा कक्ष राखिएको हो ।
        चाडपर्व लक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत
२५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं. ३ गढीमाई
बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय
कास्की मातहत २, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत
१९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं. ७ बैद्यनाथ
बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको छ ।
        स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं. २
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं. ३ गढीमाई बाहिनी
मुख्यालय मकवानपुर मातहत ३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय
रुपन्देही मातहत ३, र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १
स्थानमा राखिएको छ ।
        आवश्यक देखिए अन्य स्थानहरुमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा
कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने छ । चाडपर्वको बेला सीमा नाकाबाट
आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि,
चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको
सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा
कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध
श्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था
मिलाइएको छ ।

2080-06-23
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल यही असोज २७ देखि ३० गते
(अक्टोवर १४ देखि १७) सम्म संयुक्त राज्य अमेरिकाको San Diego California
मा संचालन हुन गइरहेको International Association of Chiefs of Police
(IACP) Conference मा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्नुभएको छ ।
        उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ
अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा हार्दिक बिदाइ
गर्नुभयो ।
        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको साथ सशस्त्र प्रहरी नायव
महानिरीक्षक शम्भु सुवेदी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त
महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
नारायणदत्त पौडेलले सम्हाल्नुहुनेछ ।
 

2080-06-23
APF News
बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न

        सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास,
महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र
पुर्नियाको सेक्टर हे.क्वा. बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय
बैठक सम्पन्न भएको छ ।
        नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव
महानिरीक्षक दीपेन्द्र शाह र एसएसबीको मुजफारपुर सेक्टर हे.क्वा.का
डिआइजी दिपक कुमारको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।
        समन्वय बैठकमा सीमा अपराध, सीमामा हुने अबैध गतिविधि नियन्त्रण तथा
रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि
किसिमका अवाञ्छित गतिविधि हुन नदिन तथा दशगजा अतिक्रमण हुन नदिन, लागुऔषध
ओसारपसार नियन्त्रण, मानब ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा
छलफल भएको थियो ।
        त्यस्तै दुबै पक्षले अन्य सरोकारवाला संघ संस्थाहरुसँग आवश्यक समन्वय
गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने तथा
नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज
तथा सुरक्षित बनाउनको लागि हेल्प डेस्क स्थापना कार्यलाई प्रभावकारी
रुपमा संचालन गर्ने विषयहरुमा समेत छलफल भएको थियो ।
        कार्यक्रममा बेतिया सेक्टर हे.क्वा.का डिआइजी सुरेश सुबरमनियम र नं. २
छिन्नमस्ता बाहिनी मुख्यालयका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ
उपरीक्षक माधव प्रसाद पौडेल लगायत प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका
इकाई प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

2080-06-23
APF News
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित
सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न
भएको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालको
सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण
गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।
सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी
निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिक
सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार
प्रदान गर्नुभयो ।
उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र
संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा
प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेको
जिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक
निर्वाह गर्न निर्देशन दिनुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थ
प्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्र
प्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा
गर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र
न्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको
मूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप
विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि,
साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्ष
भएको बताउनुहुँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमा
थप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।
उहाँले तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका
अधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीका
क्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र
गैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं
व्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागु
गर्न निर्देशन समेत दिनुभयो ।
समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले
सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पार
गर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य र
जनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमा
आपूmलाई परिचित गराउँदै आएको बताउनुभयो ।
सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन
अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)को
स्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्री
बनाउँदै लगिने बताउनुहुँदै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री
श्रेष्ठले भन्नुभयो–‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमा
आएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरी
प्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मक
भूमिका रहनेछ ।’


उहाँले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दै
गएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेत
इन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राख्दै
प्रशिक्षण कार्यलाई समयानुकल थप आधुनिकीकरण र बैज्ञानिक ढंगले अगाडी
बढाउँदै लैजानु पर्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको
क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण
सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने
बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले
सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र
मनोवल उच्च भएको बताउनुभयो ।
उहाँले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले
संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका
अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा हासिल गरेका सैद्धान्तिक
एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा
जुट्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु
विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद्
व्यवस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण
प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले
कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
        समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई
सपथ ग्रहण गराउनु भएको थियो ।
         करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना
सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा
कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक
सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ
सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।
        दीक्षान्त समारोहमा नेपाली सेनाका रथी, निमित्त प्रहरी प्रमुख, निमित्त
मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु,
चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल,
नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत
उपस्थिति रहेको थियो ।

2080-06-21
APF News
सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष संचालन

        सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन
अध्ययन अधिस्नातक डिप्लोमा (Post Graduate Diploma in Security and
Disaster Management Studies (PGDSDMS) कोर्ष संचालन भएको छ ।
        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन
हुने सो कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज १८ गते
उद्घाटन गर्नुभयो । प्रवेश परीक्षा उत्तिर्ण भई कोर्षमा सहभागी हुन सफल
अधिकृतहरुलाई उहाँले सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।
        कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा
सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले नयाँ शैक्षिक
कोर्ष सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा
(PGDSDMS) को थालनी सरहानीय रहेको बताउनुभयो ।
        गुल्मपति तथा स्टाफ तालिमको पाठ्यक्रम समेत समावेश गरी दुई सेमेष्टरमा
संचालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको
रुपमा सहभागी रहेका छन् ।

2080-06-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट ‘UNPOL Certified Instructors Development Course Job-Specific Training’ को उद्घाटन


        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल
प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors
Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन
गर्नुभएको छ ।
        महानिरीक्षक अर्यालले तालिम संचालनको लागि सहयोग पुर्या उनुहुने
संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र
निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै राष्ट्रिय सशस्त्र प्रहरी
बल प्रशिक्षण प्रतिष्ठानले तालिमलाई उदाहरणीय रुपमा संचालन गरी स्तरीय
ढंगले अगाडी बढाउने विश्वास व्यक्त  गर्नुभयो ।
         United Nations Police Division and Integrated Training Service  र
The US Department of State Bureau of International Narcotics and Law
Enforcement Affairs (INL)  को सहकार्यमा सो तालिम संचालन गरिएको हो ।
        यही October 19 तारिखसम्म संचालन हुने उक्त तालिममा बंगलादेश, भुटान,
फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना
प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।
        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र
बंशीराज दाहाल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र
प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत साथै विल्लादार तथा जवानहरुको
समेत उपस्थिती रहेको थियो ।

2080-06-16
APF News
सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामद

         सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते
सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको
आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट
(बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद गरेको हो।
        स्थानीय वासिको तीन वटा गाई गोठको टहरामा लुकाई राखेको उक्त लत्ताकपडा
कहिले र के प्रयोजनको लागि कस्ले राखेको भन्ने खुल्न सकेको छैन । पछिल्लो
समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न
सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष
योजनाकासाथ सीमामा परिचालित भएको छ ।
        बरामद लत्ताकपडा आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय
ईटहरीमा बुझाईएको छ ।
 

2080-06-16
APF News
मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी
प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याईएको छ ।
नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक
राजु अर्यालले मंगलबार उद्घाटन गर्नुभएको हो ।
यस भन्दा अगाडी प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपुर्ती गरिदै आएको
पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं
विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा
पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको हो ।
मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था
मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन
गर्नेछ ।
प्रति घण्टा १५ सय देखि २ हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको
वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच
गर्नुकासाथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भए नभएको भनि
त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामा समेत परिक्षण गराउने व्यवस्था
मिलाईएको छ ।
मुख्यालय भित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने
मेसिनको समेत व्यवस्था गरिएको छ । अवोप्रान्त सशस्त्र प्रहरी बल नेपालको
मुख्यालयमा बाह्य रुपमा पानी खरिद नगरिने भएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण इकाईहरुमा प्लाष्टिकजन्य वस्तु
निषेध गर्ने, केही प्लाष्टिकजन्य सामानको प्रयोग कम गर्दै लैजाने लक्ष्य
अनुरुप वातावरण संरक्षण र सशस्त्र प्रहरी कर्मचारीहरुमा सचेतना अभिबृद्धि
गराई प्लाष्टिजन्य बस्तुको Reduce, Reuse, and Recycle गर्ने नीति लिएको
छ ।

2080-06-16
APF News
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न

        सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा असोज १५ गते
विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ ।
        सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा
सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत
प्रस्तुत गरिएको थियो ।
        कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान
दिनुभएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले
उहाँहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै
मायाको चिनो प्रदान गर्नुभएको थियो ।
        सो अवसरमा संघकी सदस्य सचिव श्रीमती तुलामाया ठाडामगरले संघको वार्षिक
कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती पुजा राजभण्डारीले
आर्थिक वर्ष २०७९÷०८० को आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
        संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि
लगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो ।
        संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै
सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा
पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क
आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु
संचालन गर्दै आईरहेको छ ।
        सोही अवसरमा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सशस्त्र
प्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन
गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई
प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।
        त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि
संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत संघकी अध्यक्ष श्रीमती
अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा
राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

2080-06-15
APF News
श्रोत खुल्न नसकेको भारतीय रुपैयाँसहित तीन जना नियन्त्रणमा

        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट असोज १४ गते
सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा
लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु भारतको महाराजगंज जिल्ला सुनौली ग्रामपंचायत २०
सुनौली बस्ने ३८ वर्षिय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण
गोरखपुर बस्ने ४० वर्षिय अभिनव जैसवाल र ३४ वर्षिय आस्तिक त्रिपाठी रहेका
छन् ।
        विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको दुई वटा भ्यानमा सवार
उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि
नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिएका राजु कौशलको साथमा ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र
आस्तिक त्रिपाठीको साथमा १ लाख रुपैयाँ फेला परेको थियो ।
        पक्राउ परेका तीनै जनालाई उल्लेखित रुपैयाँसहित आवश्यक कारवाहीको लागि
राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ ।

2080-06-15