नेपाल भारत सीमाना अन्तर्गत सुनसरी जिल्लाको सीमानामा ५ दिने पैदल
यात्रा तथा सीमावासी सँग अन्तरक्रिया कार्यक्रम संचालन भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजना र नं. ४ गणको व्यवस्थापनमा सो
जिल्लासँग सीमा जोडिएका इलाकाहरुमा अनुगमन गर्ने तथा सीमा सरोकारका
विषयहरुमा छलफल गर्ने उद्देश्यले फागुन १२ गतेदेखि संचालन गरिएको सो
कार्यक्रम फागुन १६ गतेसम्म चल्ने छ ।
