बाढी आएको १०औं दिनमा भाद्र १९ गते बिहान रसुवास्थित त्रिशुली ३ए बाट नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले सुरुङ भित्र फसेका सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार गरेको छ । सुरुङभित्र थुनिएका उनीहरुलाई सकुशल बाहिर निकाली उपचारको लागि काठमाडौँ पठाईएको छ । सो स्थानमा सशस्त्र प्रहरी नायव उपरीक्षक अमृत थापाको कमाण्डमा १८ जनाको कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) टोली खटिएको थियो ।