नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको आयोजना र
चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा फागुन १५ गते
केवलकार आपतकालीन उद्धार अभ्यास–२०८० सम्पन्न भएको छ ।
प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरु विच
बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना अत्याधिक रहने र यसरी रोकिएका
यात्रुहरुलाई निश्चित समयमै उद्धार गर्न उद्धारकर्ताले अपनाउनु पर्ने
उद्धार उपायको लागि अभ्यास गरिएको हो ।