सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–४ यादव टोलबाट फागनु १५ गते करीव
७२ के.जी. गाँजा बरामद भएको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २ बोरा गाँजा प्रस्तावित
सीमा सुरक्षा गुल्म कप्तागन्जले बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगन्जमा
बुझाईएको छ ।
