सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट फागुन १३ गते
गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिईएको छ ।
चतराबाट सुर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी
राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३.१३० के.जी. गाँजा
सुरक्षा बेश चतराले नियन्त्रणमा लिएको हो ।
बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारवाहीको लागि ईलाका प्रहरी
कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाईएको छ ।
