कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदिमा माछा
मार्ने क्रममा बेपत्ता एकको शव निकालिएको छ, भने एकको खोजिकार्य जारी छ ।
       माछा मार्न गएका ५ जनामध्ये  सोही महानगरपालिका– १ कसेरी बस्ने ४०
बर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा नं. २४ कालिका गण
कास्कीबाट गएको गोताखोर र बिपद् उद्धार टिम सहितको फौजले गए राती पौने १
बजे शव निकालेको छ ।
        सोही ठाउँ बस्ने ४३ बर्षका रक्सेस तामाङ्गको गोताखोर र बिपद् उद्धार
टिमले  खोजी कार्य जारी राखेको  छ । शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल
स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाएको छ  । माछा मार्न गएका अन्य ३ जना
भने सकुशल रहेका छन् ।

APF