पर्सा जिल्लाको वीरगंज महानगरपालिका ५ कुमालटोलबाट फागुन १६ गते करीव ४
लाख ३२ हजार रुपैयाँ बराबरको किराना सामान बरामद भएको छ ।
भारतबाट अबैध रुपले ल्याई सोही ठाउँको एकतले घरमा भण्डार गरी राखेको
किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको हो ।
बरामद सामान वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
