सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा फागुन १८
गते राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा
स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका
पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य
नाकामा झण्डोत्तलन गरिएको हो ।
