पर्सा जिल्लाको बिरगंज महानगरपालिका– २५ बहुअरीबाट फागुन १२ गते
शंकास्पद विलविजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक
नियन्त्रणमा लिईएको छ ।
बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ८ ख ३९७८ नम्बरको ट्रकमा लोड
गरी ल्याउँदै गरेको लत्ताकपडाको विलविजक शंकास्पद देखिएपछि प्रस्तावित
सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मुल्य ४० लाख मुल्यांकन गरी
आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको
छ ।
