Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्धारा गाँजा तथा विभिन्न सामान बरामद
काठमाडौं, उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीको किनारबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव ४ सय के.जी. गाँजा बरामद गरेको छ । सप्तकोशी नदीमा पानीले बगाएर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय के.जी. कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ । स १ च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोक ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-11-30
APF News
निर्वाचनको लागि मानसिक र शारीरिक रुपले तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निस्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हे.क्वा, श्रीअन्तु इलामको नवनिर्मीत भवनको बुधबार उद्घाटन गर्नुहुँदै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिनुभयो । सोही दिन उहाँले नम्बर ३८ रिजर्भ गण हे.क्वा, लखनपुर झापाको समेत उद्घाटन गर्नुहुँदै फौजको गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखी संगठन र राष्ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हाँसिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुहुँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।

संगठनका सकलदर्जाले देखाएको ईमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्नु हुँदै उहाँले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्चात राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महशुस गरेको बताउनुभयो ।

राष्ट्रनसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला देखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुले देखि दार्चुलाको छाङ्गरुसम्म अहोरात्र तैनाथ भईरहेको र विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकोमा प्रसंसा गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

2078-11-26
APF News
विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

सप्तरी,

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ स्थित टिकुलियाबाट फागुन २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित उदयपुर जिल्लाको चौडण्डिगढी नगरपालिका ३ बस्ने सौरभ राईलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बरसाईनबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनकोे साथमा लिजेसिक ७ एम्पुल, डाईजेपाम इन्जेक्सन ७ एम्पुल, फेनारागन इन्जेक्सन ७ एम्पुल र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ५ वटा फेला पारेको हो ।

पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २६ गते सशस्त्र प्रहरीले करीव १५ के.जी. गाँजा बरामद गरेको छ ।

लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी सखुवाबाट खटिएको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

2078-11-26
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ

काठमाडौं,
        कञ्चनपुर जिल्लाको बेलौरंी नगरपालिका ६ नकैयास्थित सीमा ईलाकाबाट फागुन
२४ गते सशस्त्र प्रहरीले ४५ वटा नाईट्रोभेट ट्याब्लेटसहित दुई जनालाई
पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेलडाँडी गाउँपालिका १ बस्ने २२ बर्षिय
राकेश चन्द र १९ बर्षिय प्रकाश सिंह छन् ।
        से १ प ६६५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बेलौरीबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको
हो ।
        यसैगरी सप्तरी जिल्लाको शम्भूनाथ नगरपालिका ५ स्थित मोहनपुर ईलाकाबाट
फागुन २३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ
बस्ने २५ बर्षिय सरोज कुमार दासलाई पक्राउ गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश कडरवानाबाट खटिएको सशस्त्र
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई शंका लागि जाँच गर्दा
त्यसबेला उनको साथमा लिजेसिक २ बोतल, डाईजेपाम २ बोतल र प्रोमेथाजिन २
बोतल तथा नगद ३ हजार १ सय ५० नेपाली रुपैयाँ फेला पारेको हो ।
        त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट
फागुन २३ गते सशस्त्र प्रहरीले २ बोतल कोडीलसहित बारा जिल्लाको अम्लेखगंज
गाउँपालिका ७ बस्ने ३० बर्षिय सुवास रुम्बा लाई पक्राउ गरेको छ ।
        प्रदेश नम्बर ०२–०२४ प ५६६८ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै
गरेका निज रुम्बालाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी वीरगंजबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला
पारेको हो ।
        पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, नगद, मोटरसाईकल तथा स्कुटरसहित
आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

2078-11-25
APF News
करीव १६ लाख रुपैयाँ बराबरको अबैध लत्ताकपडा तथा विभिन्न सामान बरामद

पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट फागुन २४
गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा विभिन्न
सामान बरामद गरेको छ ।
        ना ५ च ५४९४ नम्बरको ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त सामान सशस्त्र
प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले शंका
लागि जाँच गर्दा बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसवेला
उक्त ट्याक्टरसमेत बरामद गरिएको छ ।
        बरामद सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १०
लाख रुपैयाँ रहेको छ ।

2078-11-25
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्धारा नेपाल एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान

काठमाडौं,
        ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला
संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते नेपाल एपीएफ
अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन
प्रदान गर्नुभएको छ ।
        उहाँले सो अस्पतालका प्रमुख प्रा.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.
रुपक महर्जनलाई उक्त मेसीन तथा अस्पतालका स्वास्थ्यकर्मीको लागि ४० थान
पिपिई सेट समेत हस्तान्तरण गर्नुभएको हो ।
        संघकी अध्यक्ष श्रीमती खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग
पु¥याउने संघका कार्यकारिणी पदाधिकारी, सल्लाहकारहरु तथा नेपाल एपीएफ
अस्पतालका डाक्टरहरुलाई त्यसै अवसरमा प्रशंसा पत्र प्रदान गर्नुभयो ।
        सो संघले नेपाल एपीएफ अस्पतालमा महिलाहरुको स्वास्थ्य उपचारमा पु¥याएको
सहयोगको उच्च कदर गर्दै संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई
त्यसैअवसरमा प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले
प्रशंसापत्र प्रदान गर्नुभयो ।
        नेपाल एपीएफ अस्पतालका गाईनेकोलोजि अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी
उपरीक्षक डा. सौजन्य कर्माचार्यले अस्पताललाई प्राप्त सो मेसीनको
प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभावकारी हुने बिश्वास व्यक्त
गर्नुहुँदै सो मेसीनले महिलाहरुमा हुने असामान्य रक्तश्राव, पाठेघरमा
हुने अन्य रोग पत्ता लगाउनुका साथै एच.पि.भि.डि.एन.ए. टेष्ट तथा
महिलाहरुको पाठेघरको मुखमा क्यान्सर बनाउने एच.पि.भि. भाईरस आदि जाँचमा
सहयोग पुग्ने बताउनुभयो ।
        सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा
हाल सो अस्पतालमा संचालनमा ल्याएको गाईनेकोलोजि क्यान्सर स्क्रिनिङ्ग
क्लिनिक सुरुभए देखिका उपलब्धि तथा विविध गतिविधिबारे प्रस्तुतिकरण
मार्फत डा. कर्माचार्यले जानकारी गराउनु भएको थियो ।

2078-11-24
APF News
दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीद्धारा उद्धार

सर्लाही,

सर्लाही जिल्लाको हरिपुर नगरपालिका ४ स्थित ढेङग्रापुल नजिकै फागुन २२

गते राती भएको दुर्घटनामा परी घाईते भएका तीन जनाको सशस्त्र प्रहरीले

उद्धार गरेको छ ।

हरिपुबाट मलंगवातर्फ जाँदै गरेको बा ४१ प ९२७७ नम्बरको मोटरसाईकले सोही

दिशा तर्फबाट जाँदै गरेको साईकललाई ठक्कर दिँदा सर्लाही जिल्लाको कविलासी

नगरपालिका १० बस्ने २२ बर्षिय लक्ष्मण राम, २० बर्षिय अनिल चौधरी र २०

बर्षिय श्याम लाल घाइते भएका थिए ।

सो दुर्घटनाबारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा

बेश फरहदवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सहदेव चौधरीको कमाण्डमा

खटिएको सशस्त्र प्रहरीले उनीहरुको उद्धार गरी उपचारको लागि स्थानीय

अस्पताल मलंगवातर्फ पठाएको छ ।

2078-11-23
APF News
करीव पच्चीस लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

बारा,

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका ९ बिरगंज पथलैया सडकखण्डबाट

फागुन २३ गते सशस्त्र प्रहरीले करीव २५ लाख ८ हजार रुपैयाँ बराबरको अवैध

सामान बरामद गरेको छ ।

बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८५९७ नम्बरको कन्टेनरमा जाँच

गर्दा बिल बिजक भन्दा फरक उल्लेखित मुल्य बराबरको हार्डवयरका सामान तथा

मोटर पार्ट्ससहित उक्त कन्टेनरको चालक तथा सहचालकलाई समेत सशस्त्र प्रहरी

बल नेपाल सुरक्षा वेश जीतपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो

। त्यसवेला उक्त कन्टेनर समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा कन्टेनरसहित आवश्यक कारवाहीको

लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । बरामद कन्टेनरको

मुल्य २५ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र

प्रहरीले फागुन २३ गते करीव १ लाख १८ हजार रुपैयाँ बरारबको चोरीपैठारीको

पेनड्राईभ र मेमोरी कार्ड बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र

प्रहरीले झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।

2078-11-23
APF News
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ नकलबन्दास्थित सीमा ईलाकाबाट फागुन १५ गते सशस्त्र प्रहरीले २ सय ३ वटा वीन्स स्पामो फोर्ट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय अभिषेक श्रेष्ठ र भारतमा घर बताउने २० वर्षिय अनमोल प्रधान छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-11-15
APF News
बाहृबोर बन्दुक तथा ५ वटा गोली सहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ
कैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका ६ छोटकी पलिया ईलाकाबाट फागुन १२ गते सशस्त्र प्रहरीले एक नाल बाहृबोर बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५३ वर्षिय लौटन चौधरी, ३५ वर्षिय बिरेन्द्र चौधरी र २१ वर्षिय सन्तराम चौधरी छन् । से २ प ८९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी छोटकीपलियाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त बन्दुक तथा सोको ५ वटा गोली समेत बरामद गरेको छ । त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद बन्दुक, गोली र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-11-12
APF News
लाखौ मुल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको विरगंज महानगरपालिका २ हरपतगंज ईलाकाबाट फागुन ९ गते सशस्त्र प्रहरीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । सो ठाउँमा रहेको एक गोदाम घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर १३ गण पर्सा, बिओपी बिरगंजबाट खटिएको सशस्त्र प्रहरी र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले बरामद गरेको हो । यसैगरी कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ ब्रम्हदेव रोड ईलाकाबाट फागुन १० गते सशस्त्र प्रहरीले करीव ९ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पाटर््स बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उक्त मोर्टर पाटर््स सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-11-10