Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व बिशेष बढुवा हुनुभएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २२ गते आयोजित एक समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा व्यतित गरी सांगठानिक बिकासमा पु¥याएको योगदान प्रति हार्दिक आभार प्रकट गर्नुहँुदै उहाँहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै बढुवा हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुुहुँदै अवकाश पश्चात समेत उहाँहरुले आ-आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक खनालले उहाँहरुको अवकाश पछिको जीवन सुखमय रहोस भन्ने सुभेक्च्छा व्यक्त गर्नुहँुदै उहाँहरुले संगठनमा विभिन्न नियुक्तिमा रहेर मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको कुशल नेतृव्व तथा प्रशिक्षण र परिचालनले सशस्त्र प्रहरी बल नेपालको नाम उच्च बनाएको उल्लेख गर्नुहुँदै संगठनका नेतृत्व तहले समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासमा ध्यान पु¥याउँदै नेपाल एपीएफ अस्पताल मार्फत स्वास्थ्य सेवा प्रदान, नेपाल एपीएफ स्कुलमार्फत सन्ततीका लागि उच्च स्तरीय शिक्षा प्रदान गर्नुका साथै समयानुकुल विविध कल्याणकारी योजनाहरु तर्जुमा गर्दै अगाडी बढिरहेको बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको चैत्र ७ र १५ गतेको निर्णयले उहाँहरु सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-12-22
APF News
सि. सं. ९ एसटिएफ तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम चैत्र २१ गते सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक प्रदान गर्नुभएको हो । १६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2078-12-21
APF News
लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बा ८४ प ८६९६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सोही जिल्लाको रामधुनी नगरपालिका २ बस्ने २० बर्षिय जुवेद मियाँलाई १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ । पक्राउ परेका मियाँलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश भेडैयाबाट खटिएको सशस्त्र प्रहरीले ६५ बोतल एन्टीट्युसिभ नामक लागूऔषध बरामद गरेको छ । त्यसैगरी बारा जिल्लाको महागढीमाई नगरपालिका ५ स्थित सीमा ईलाकाबाट चैत्र १४ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरियारपुरबाट खटिएको सशस्त्र प्रहरीले १५ के.जी. गाँजा बरामद गरेको छ । बरामद लागूऔषध नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-12-16
APF News
निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम संचालन
काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय र सशस्त्र प्रहरी बल नेपालद्धारा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको सियारी गाउँपालिका २ मैनाहिया स्वास्थ्य चौकीमा चैत्र १२ र १३ गते सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल एपिएफ अस्पतालको आयोजनामा तथा हर्नैया गाउँ कार्यपालिकाको समन्वय तथा सह-आयोजनामा संचालित २ दिने निशुल्क स्वास्थ्य शिबिर तथा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम र क्यान्सर स्क्रिनिङ तालिम सम्पन्न भएको छ । सो स्वास्थ्य शिविरमा नेपाल एपिएफ अस्पतालका बिशेषज्ञ चिकित्सक प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्यको कमाण्डमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्धारा ९०८ जना स्थानिय नागरिकहरुको, नाक, कान, घाँटी, हाडजोर्नी, आँखा, दाँत, छाला, मेडिसिन र गाईनेकोलोजी क्यान्सर स्क्रिनिङ्ग (प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए. सम्बन्धी चेकजाँच), ई.सि.जि., अल्ट्रासाउण्ड तथा जनरल चेकअप गर्नुका साथै निशुल्क औषधी बितरण तथा १५० जना महिला दिदिबहिनीहरुको प्याप टेष्ट र एच.पि.भि.डि.एन.ए.जाँच र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत ८७ जना स्वास्थ्यकर्मीहरुलाई भि.आई.ए.तथा भि.आई.एल.आई.सम्बन्धी तालिम प्रदान गरिएको हो । लुम्विनी प्रदेशका माननिय ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लि बहादुर चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले अध्यक्षता गर्नुभएको थियो । सो समारोहमा लुम्विनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री बसुद्धिन खान, नेपाली काँग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, गृह मन्त्रालयका प्रतिनिधी बृजेश कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनीका बाहिनीपति स.प्र.ना.म.नि.कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुपन्देहीका गणपति स.प्र.उ. शंकर खनाल लगायत विभिन्न संघसस्थाका महानुभावहरुका साथै स्थानिय सर्बसाधारणको सहभागिता रहेको थियो ।
2078-12-15
APF News
आगलागी नियन्त्रयण
सर्लाही, सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित चैत्र १२ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हँुदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।
2078-12-14
APF News
सशस्त्र प्रहरीद्धारा बिभिन्न सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट चैत्र १२ गते एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय के.जी.पाउडर दुध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया सडकखण्डबाट चैत्र ११ गते प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त दुबै ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-12-13
APF News
श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ
सिराह, सिराह जिल्लाको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षिय दिलिप कुमार साहलाई पक्राउ गरेको छ । विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रहेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
2078-12-13
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदानः
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ५ जना अधिकृतहरु तथा सशस्त्र प्रहरी उपरीक्षक पदमा अबकास पुर्व बिषेश बढुवा हुनु भएका १ जना अधिकृतलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १० गते आयोजित बिषेश समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअबसरमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्नुहुँदै उहाँहरुले संगठनमा रहेर प्राप्त जिम्मेबारीका क्षेत्रहरुमा पु¥याएको योगदानको कदरगर्दै नेपाल सरकार तथा संगठनले पदोन्नती गरेको बताउनुभयो । उहाँले पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न त्यसै अबसरमा निर्देशन दिनुभयो । महानिरीक्षक खनालले शान्ति सुरक्षाको वातावरण निर्माणमा आ-आफ्नो ठाउँबाट ईमान्दारिता पुर्वक क्रियासिल रहेर राष्ट्रमा विकासको वातावरण निर्माणमा समेत योगदान पु¥याउदै राष्ट्रको सुरक्षा, जनताको सेवा, आपतविपद्मा परेका नागरिकहरुको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल नेतृत्वकासाथ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहुँदै सीमा अपराध नियन्त्रण, बिभिन्न विपद्मा परेकाहरुको उद्धार, कोभिड-१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको बताउनुभयो । उहाँले फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्नुहुदै आगामी निर्वाचन शान्तिपूर्ण तथा विश्वसनिय तवरले सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला सबैसग समन्वय गर्दै हाल रहेका सुरक्षा चुनौती तथा भोलीका दिनमा आउनसक्ने चुनौतीहरुलाई समेत परास्त गर्दै आवश्यक योजनानाकासाथ कार्यक्षेत्रमा खट्न सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअबसरमा निर्देशन दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको चैत्र ६ गतेको निर्णयले प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई.संदीप थापा प्राबिधिक समुह तथा ईन्जिनियरिङ तर्फ तथा प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन प्राबिधिक समुह स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समुह साधारण उपसमुह तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । यसैगरी गृहसचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्कर नाथ शुक्ल अबकास पुर्व सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारीणी पदाधीकारीहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-12-10
APF News
अवैध मदिरासहित ६ थान मोटरसाईकल बरामद
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद गरेको छ । ६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७ कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो । त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।
2078-12-08
APF News
नेपाल एपीएफ अस्पतालको १७ औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रमको आयोजनाः
काठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सव चैत्र ७ गते बिविध कार्यक्रमको आयोजना गरी मनाएकोे छ । अस्पतालले चैत्र ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्नुकासाथै नेपाल एपीएफ स्कुल किर्तिपुर र कोहलपुरमा स्वास्थ्य शिविर संचालन गरी करिब ४ सय जना बिद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको छ । बार्षिकोत्सवको अवसरमा सो अस्पतालमा आयोजित एक कार्यक्रमका विच अस्पतालका प्रमुख प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक डा. रुपक महर्जनले अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २६ जना स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सो अस्पताल स्थापना सगै प्रदान गरिएको स्वास्थ्य सेवालाई बिशिष्टीकरण गर्दै हाल एम आर आई, सिटीस्क्यान, इको आदी सुबिधा थप गदै बिशेषज्ञ चिकित्सकद्धारा उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गदै आईरहेको चर्चा गर्नुहुदै बिश्वब्यापी कोभिड १९ महामारीको बेला अस्पतालले प्रदान गरेको स्वास्थ्य उपचार सेवाको बिभिन्न क्षेत्रहरुबाट प्रशंसा भईरहेको बताउनुभयो । अस्पतालका प्रमुख डा. महर्जनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको सामुहिक भावना इमान्दारीता तथा योगदान प्रति त्यसै अबसरमा हार्दिक आभार प्रकट गर्नुभयो । यसैगरी बार्षिकोत्सवकै अवसरमा चैत्र ५ गते अस्पताल परिसरमा बिभिन्न प्रजातीका ५२ वटा बिरुवाहरु बृक्षारोपण गरिएको हो । २०६२ साल चैत्र ७ गते स्थापना भएको नेपाल एपीएफ अस्पतालले हाल ३ सय ५० बेडको अस्थाई स्विकृति प्राप्त गरी उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । ४ वटा प्रदेशमा क्षेत्रिय अस्पताल समेत स्थापना भईसकेको छ ।
2078-12-07
APF News
सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दूई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट चैत्र ६ गते सशस्त्र प्रहरीले लागुऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय ज्ञानचन्द्र मण्डल र २० बर्षिय शंकर कुमार ठाकुर छन् । प्रदेश २०२००४ प ४७०९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजा फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
2078-12-07