कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ स्थित सुल्तानपुरबाट असार ५ गते सशस्त्र प्रहरीले करीव २ लाख ९० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।
APF