सर्लाही,
        सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट असार ५ गते सशस्त्र प्रहरीले
करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद
गरेको छ ।
        भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
        बरामद सामान भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



