पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका १४ स्थित गण्डक चोकबाट असार १२ गते
सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीब ३१ लाख ३० रुपैयाँ बराबरको
सामान बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको टोलीले उल्लेखित
मूल्य बराबरको स्टेशनरी, लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, साईकलको
पार्ट्स र औषधी बरामद गरेको हो ।
        बीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ३९५० नम्बरको ट्रकमा सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उल्लेखित सामानहरु ट्रक सहित बरामद गरिएको
हो । बरामद ट्रकको भन्सार दाखिलामूल्य २५ लाख रुपैयाँ रहेको छ ।
        बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइको छ ।
                            
                                                             
                                                     
     
                     
            



