मुगु,
        मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका १३ स्थित लुमखोलाबाट असार १२ गते
सशस्त्र प्रहरीले सोही ठाँउ बस्ने ४० बर्षिय पूर्ण बहादुर खड्काको शव
फेला पारेको छ ।
        निज खड्का खोलाले बगाई वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी तथा
उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४५ गुल्म मुगुबाट खटिएको
सशस्त्र प्रहरीले घटनास्थल भन्दा करीब पाँच सय मिटर तल फेला पारी खोलाबाट
बाहिर निकालेको हो ।
                            
                                                             
                                                     
     
                     
            



