बारा,
बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र
प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने
२५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु
पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस
बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्र ०३-००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन
१२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि
प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।
