सुनसरी,
सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको
बाघ खोलामा असार ५ गते वर्षाको कारण आएको बाढीले को २ ह ९७८५ नम्बरको
अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई
सशस्त्र प्रहरीले उद्वार गरेको छ ।
धरानबाट चतारातर्फ जाँदै गरको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको
बराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ बर्षिया ईस्थिविना राईको
मृत्यु भएको हो ।
सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु
राईलाई सकुशल उद्धार गरेको छ भने गम्भिर घाईते भएकी रसुवा जिल्लाको
गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई उद्धार पश्चात
तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ ।
सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश
चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरुको उद्वार कार्यमा जुटेको
थियो ।
सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो
ठाउँबाट निकाली ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव
पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
घोपामा पठाइएको छ ।
