काठमाडौं,
झापा जिल्लाको गौरीगंज गाँउपालिका ५ फत्तेपुर स्थित सीमा ईलाकाबाट असार
१२ गते सशस्त्र प्रहरीले ९५ वटा नाईट्राभेट ट्याब्लेट सहित तीन जनालाई
पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाँउपालिका ४ बस्ने १९ बर्षिय रुपेश परियार, १८
बर्षिय निरज दनुवार र १७ बर्षिय रोमन बि.क. छन् । उनीहरुलाई सशस्त्र
प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा रहेको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला
पारिएकोे हो ।
यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैया स्थित सीमा
ईलाकाबाट असार १३ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको दुहवी नगरपालिका ७ बस्ने २० वर्षिय अभित
सुतिहार छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको
टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सशस्त्र प्रहरीले शंका लागि
जाँच गर्दा उनको साथमा निरडुईज १० वटा, डाईलेक्स डिसी ४ बोतल र एसपी
ट्याब्लेट १३ वटा फेला पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाइएको छ ।
