सुनसरी,
        सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ ईलाका र भोक्राहनरसिंह गाउँपालिका ८ पूर्व–पश्चिम लोकमार्गबाट असार २ गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।
        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
        बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

APF