सशस्त्र प्रहरीद्वारा चाँदीको गहना बरामद
                                        
                                        सर्लाही,
        सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट जेठ ५ गते
सशस्त्र प्रहरीले करीव ६ सय ४८ ग्राम चाँदीको गहना बरामद गरेको छ ।
        त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरी बल
नेपाल भन्सार सुरक्षा पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीलाई
देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा
जाँच गर्दा चाँदीको चुरा ८ वटा, लकेट ४ वटा, पाउजु २ वटा, ब्रासलेट २
वटा, सिक्री ४ वटा र औंठी ३७ वटा फेला पारिएको हो । बरामद चाँदीको गहना
भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
                                        
                                                
                                                2078-02-06