कपिलवस्तु,
कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट साउन
२५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो
।
बरामद औषधी छोटी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।
