महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवा ईलाकाबाट साउन २८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको रामगोपालपुर नगरपालिका ५ बस्ने १६ बर्षिय बिनित मुखिया र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ बस्ने २० बर्षिय रुपक बस्नेत छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रेक्सकफ १ बोतल, नाईट्राभेट ट्याब्लेट ६८ वटा र प्याभोन स्पार्ट ट्याब्लेट १६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF