बाँके,
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित जयसपुर ईलाकाबाट साउन
२९ गते सशस्त्र प्रहरीले करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको फेन्सी सामानहरु बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट जमुनहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।
