काठमाडौं,
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकबाट भाद्र १ गते सशस्त्र
प्रहरीले करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा,
किराना तथा कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय सम्सीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सशस्त्र
प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले साउन
३२ गते करीव १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको फेन्सी कपडा र
कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेकोे उक्त सामान सशस्त्र प्रहरीले
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ लक्ष्मीनगरस्थित सीमा ईलाकाबाट
बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
