पर्सा, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वास्थित सीमा ईलाकाबाट साउन २५ गते सशस्त्र प्रहरीले करीव १ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल कुमार थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
APF