झापा,
झापा जिल्लाको भद्रपुर नगरपालिका ४ डाँगीबारी सीमा ईलाकाबाट साउन २४ गते
सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले
बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय झापामा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको
सशस्त्र प्रहरीले साउन २४ गते करीव ४ लाख ३८ हजार रुपैयाँ बराबको
चोरपैठारीको किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ज ९ प ७६५९ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी
गाउँपालिका ६ स्थित सम्सी चोकबाट बरामद गरेको हो ।
बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ७० हजार रुपैयाँ रहेको छ ।
