कञ्चनपुर,
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट
साउन २४ गते सशस्त्र प्रहरीले ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित
भारतमा घर बताउने ४१ वर्षिय रजनीस कुमारलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र
प्रहरीले निज कुमारलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त
रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका
उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको
छ ।
