Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कर्णाली प्रदेशमा महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण आयोजना
सुर्खेत, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, कर्णाली प्रदेशमा सोमबार र मंगलबार महिला स्वास्थ्य समस्यासंग सम्बन्धित जनचेतना मुलक कार्यक्रम र महिलाको स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा रोगको पहिचाहन, उपचार सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती मिनाकृष्ण खड्काले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सो प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्रा. सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर सम्बन्धि रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनेसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रशिक्षण गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी तथा उक्त बाहिनी मातहत एम.आई.रुपमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी, कर्णाली प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरु र स्थानीय क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरी ३३ जनालाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको सो प्रशिक्षणमा कर्णाली प्रदेश सशस्त्र प्रहरी परिवार महिलासंघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मातहतमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीय महिला दिदीबहिनीहरु गरी कुल १ सय ६ जनाको सहभागिता रहेको थियो ।
2078-11-10
APF News
चोरीपैठारीको सामानसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित नम्बर १ घाट ईलाकबाट फागुन ५ गते सशस्त्र प्रहरीले करीव ४ लाख ८४ हजार रुपैयाँ बराबरको २६ कार्टुन पानमा प्रयोग हुने सामानसहित सप्तरी जिल्लाको तिरहुत गाउँपालिका ६ बस्ने २६ वर्षिय शेवकलाल सदालाई पक्राउ गरेको छ । भारतबाट को १ त ६६३० नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई बरामद सामान तथा ट्याक्टरसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको छ । बरामद सामान तथा ट्याक्टरको जम्मा भन्सार दाखिला मुल्य ९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
2078-11-05
APF News
नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुद्धारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको भ्रमण
काठमाडौ, नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित ‘सि.सं. २८ ‘कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहिबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले स्वागत मन्तव्यको क्रममा यस्ता अवलोकन तथा भ्रमणमा सिकेका ज्ञान, कला र कौशलले कार्यक्षेत्रमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै जिम्मेवारी निर्वाहको क्षेत्रहरुमा नेपाली सेना लगायत अन्य सम्बद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नागरिकको सेवा तथा सुरक्षामा कटिबछद्ध भई परिचालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा समेत यस्ता समन्वय, सहकार्य र भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुहुँुदै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । सोही अवसरमा कायम मुकाय सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत तथा भ्रमणको नेतृत्व गरी आउनु भएका प्रमुख सेनानी झविन्द्र बहादुर रेश्मी मगरले एक आपसमा मायाको चिनो आदान प्रदान गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनुुको साथै शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको बारेमा राखेको विविध जिज्ञासाहरुबारे प्रष्ट पार्नुभएको थियो । त्यसअवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीहरुको अवलोकन समेत गरेका थिए । सो तालिममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा बंगलादेश, पाकिस्तान, नाईजेरिया, कोरिया, लेवनान, श्रीलंका, यूके, भारत, माल्दिभ्स र मलेसियाका गरी कुल ७२ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।
2078-11-05
APF News
श्रोत खुलाउन नसकिएको नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
रौतहट, रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित सीमा ईलाकाबाट फागुन ४ गते सशस्त्र प्रहरीले करीव ९ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कटहरिया नगरपालिका ७ बस्ने १८ वर्षिय सरोज आलम र १७ वर्षिय राजा हुसेन छन् । भारतबाट नेपालतर्फ प्र २-०३-०११ प १६३१ नम्बरको मोटरसाईकलमा आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी सरमजुवाको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
2078-11-05
APF News
सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको अर्जुनधारा नगरपालिका ११ कालिझोरा स्थित पूर्व-पश्चिम लोकमार्गबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश शनिश्चरेले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीले माघ २ गते करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ रानीस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-11-02
APF News
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीना
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिईएको छ । यसअघि प्रवक्ता रहनु भएका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाउनु भएपछि तिउसीनालाई सो जिम्मेवारी दिईएको हो । का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।
2078-11-02
APF News
सशस्त्र प्रहरीद्वारा ठूलो मात्रामा लागूऔषध बरामद
सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको (१२ हजार वटा) नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ । ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्ति त्यसवेला सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो । उक्त लागूऔषध ल्याउन प्रयोग भएको सो मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद लागूऔषध तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-11-01
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा ६ जना पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् । उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी उपमहानगपालिका १३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ । सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-10-29
APF News
सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त फाली सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बलिनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर पार्ट्स सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार रोडबाट बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित हरकट्टी गाउँबाट माघ २० गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा गरेको छ । भारतबाट अवैध रुपले स ७ प ११४३ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
2078-10-20