सुनसरी,
सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले चोरीनिकासीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङ जिल्लाको बेलबारी नगरपालिका १ घर बताउने ५५ बर्षिय कबिर बहादुर तामाङ र सुन्दर हरैचा नगरपालिका ३ बस्ने ३१ बर्षिय सन्तोष बास्तोला छन् ।
दुई वटा पिकअप गाडीमा राखेर नेपालबाट भारततर्फ अबैध रुपले चौपायाँ चोरीनिकासी गरी लैजादै गरेको अबस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी कप्तानगंजबाट सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्यसबेला दुबै गाडी समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जनालाई बरामद चौपायाँ र गाडीसहित आवश्यक कारबाहीको लागी भन्सार कार्यालय सेतुबन्धमा बुझाईएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ ।
 
     
                     
            



