रौतहट,
रौतहट जिल्लाको बोधिमाई नगरपालिका ७ स्थित बंकुल बजारबाट असार २ गते सशस्त्र प्रहरीले एक लाख एक हजार नक्कली नोटसहित भारतको जिल्ला बदायु ग्राम पंचायत घर बताउने २३ वर्षिय संजय सक्सेनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले निज सक्सेनालाई शंका लागि जाँच गर्दा उनको साथमा नक्कली नेपाली १ हजार दरको नोट ५० वटा, भारतीय नक्कली नोट २ हजार दरको २३ वटा र ५ सय दरको १० वटा फेला पारेको हो ।