काठमाडौं,
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक राम केवल रायको कमाण्डमा खटिएको टोलीले जेठ २६ गते करीव १० लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित परवानीपुर गाउँपालिका ५ बस्ने २२ बर्षिय विकास पटेललाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर ०२–०३–००१ च ३६३८ नम्बरको पिकअप गाडीमा राखेर ल्याउँदै गरेको अबस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरीले बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यस बेला उक्त गाडी समेत बरामद गरिएको हो ।
यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २६ गते सशस्त्र प्रहरीले करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सोही ठाउँको बाँसको झाडीमा बेवारिसे अवस्थामा रहेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी निरीक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।