सर्लाही,
सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले करीव ३ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।