सिरहा,

सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले ५ लाख २० हजार ५ सय नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने ४४ बर्षिय दिलीप कुमार साहलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथमा एक थान मोवाईल सेट समेत बरामद गरिएको छ ।

पक्राउ परेका साहलाई बरामद रुपैयाँ तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।

APF