सप्तरी,
सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको बिष्णुपुर गाउँपालिका ४ बस्ने २५ बर्षिय राधाराम साहलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाबाट खटिएको टोलीले शंका लागि जाँँच गर्दा उनको साथमा डाईजेपाम २ बोतल, नोफिन २ बोतल, र सिरिन्ज ३ वटा फेला पारेको हो ।
पक्राउ परेका साह लाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।