कालिकोट,

अविरल वर्षाको कारण कालिकोट जिल्लाको खडकचक्र नगरपालिका २ स्थित मुल खोलामा आएको बाढीमा परी अलपत्र परेकी सोही नगरपालिका बस्ने ४८ वर्षिया लालधरी विश्वकर्मालाई सशस्त्र प्रहरीले असार १ गते सकुशल उद्वार गरेको छ ।

उक्त खोलामा आएको बाढिमा परि अलपत्र परेको भन्ने खबर पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उद्धार गरेको हो ।

उनीसँगै आउँदै गरेका उनको श्रीमान् ५० वर्षिय खड्कबहादुर विश्वकर्मालाई बाढीले बगाई बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी तत्कालै उनको खोजी कार्यमा जुटेको थियो ।

सशस्त्र प्रहरीले आज विहान करीव ८ बजे निज विश्वकर्माको शव खोलाको किनारमा फेला पारेको छ ।

APF