Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा सरल कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा लगायतका विविध बैंकीङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा सो बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पु¥याउने सहयोगप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिबृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को अध्यक्षतामा यही बैशाख १३ गते बसेको परामर्श समितिको बैठकले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकसँग पारस्परिक सम्झौता गर्ने निर्णय गर्नुकासाथै सशस्त्र प्रहरी कर्मचारीहरुलाई आवश्यकतानुसार मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनौवैज्ञानिक परामर्श सेलको स्थापना गर्ने तथा आगामी दिनमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, वाहिनी मुख्यालयहरु, नेपाल एपीएफ अस्पताल, तालिम शिक्षालयहरु र नेपाल एपीएफ स्कूलहरुमा समेत क्रमश सो सेल विस्तार गर्ने निर्णय भएको हो । कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउनुहुँदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्नुहुँदै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
2079-01-14
APF News
महानिरीक्षक के.सी.बाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो । महानिरीक्षक के.सी.ले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ-आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत खादा ओढाई शुभकामना सहित हार्दिक बिदाई गर्नुभएको हो । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
2079-01-09
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सशस्त्र प्रहरी निरीक्षक आधारभूततालिमको प्रथम प्रवचन
काठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख ९ गते आयोजित एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरीे उक्त तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुदै तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिनुभयो । महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । ५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ४३ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।
2079-01-09
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौ, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख ७ गते आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. ले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर हुनुभएका ७ जना बरिष्ठ अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई हार्दिक बधाई दिनुकासाथै संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरी शान्ति सुरक्षा तथा सेवा प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप पदोन्नती प्राप्तभएको उल्लेख गर्नुहुँदै दर्जासँगै प्राप्तभएको जिम्मेवारी निर्वाहमा अझ बढि क्रियाशिल रहँदै कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुले मातहतका कर्मचारीहरुलाई समेत फौजी अनुशासनमा राख्दै उच्च मनोबल प्रदान गरी स्तरीय ढंगले परिचालित गर्दै राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायत राज्यप्रदत्त विविध जिम्मेवारीका कृयाशिल भई नतिजामूलक कार्यसम्पादनमा जुट्न निर्देशन दिनुुभयो । नेपाल सरकार माननीय गृहमन्त्री स्तरको बैशाख ६ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर जोशी र डा. सुरेन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फ ई. प्रमोद कुमार साह त्यसैगरी सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमुहतर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेन तथा सशस्त्र प्रहरी सेवा, साधारण समुह, कानून उपसमुहतर्फ युवराज अर्याल कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा मुकर्रर हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-01-07
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन
काठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहको एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना दिनुभयो। उहाँले सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व तथा व्यवस्थापकीय क्षमतामा निखारपन ल्याई सांगठनिक लक्ष्य प्राप्तीका लागि सो कोर्ष भविष्यमा कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । महानिरीक्षक के.सी.ले सो कोर्षमा सहभागी सशस्त्र प्रहरी अधिकृतहरुले कोर्ष समापन पश्चात व्यावसायिक जीवनमा उपलब्धी हासिल गर्दै सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुहुँदै उदाहरणीय नेतृत्व प्रदान गरी आफ्ना सहकर्मीहरुलाई उत्प्रेरित गर्दै सांगठनिक लक्ष्य प्राप्तीमा समेत पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा सक्षम र सफल रहने उल्लेख गर्नुभयो । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै निरन्तर रुपले संचालन गर्दै आईरहेको सो कोर्ष कोभिड-१९ महामारीको समयमा समेत सफलतापूर्वक संचालन गर्नमा सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । समारोहमा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै निरन्तर रुपले कोर्ष संचालन गर्दै सो कोर्ष मार्फत सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको चर्चा गर्नुहुँदै उक्त कोर्षको विविध पक्षबारे समेत प्रकाश पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको सो कोर्ष पश्चात राष्ट्रिय सुरक्षा तथा ग्लोबल सुरक्षा चुनौतीहरुको सहज रुपले सामना गरी सांगठनिक बिकासमा योगदान पुर्‍याउन सक्ने सक्षम अधिकृत उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय उक्त कलेजको क्षमता विकासमा हरतवरले सहयोग पुर्‍याउँदै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । सो कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । प्रवेश परिक्षा एक सेमेष्टर रहेको तथा बाँकी तीन सेमेष्टर सो कलेजमा संचालन हुने उक्त सातौं समूहको कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक १ जना तथा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना सहभागी हुनेछन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2079-01-07
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट अनुगमन तथा मूल्याङ्कन ईकाइको समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ सो ईकाइ स्थापना गरिएको उल्लेख गर्नुहुँदै अनुगमनको क्रममा देखिएका सुधारका पक्षहरुमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमीत कार्यहरुको समयमै अध्यावधिक गर्न समेत सहयोग पुग्ने बताउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्न सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भएर लाग्न निर्देशन दिनुुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सम्पूर्ण ईकाइहरुमा कार्यरत कमाण्डर तथा सकल दर्जाले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी अनुसार सम्पादन गरेको काम कारवाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्यांकन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने हुँदा सरुवा बढुवा लगायतका वृत्ति विकासमा कर्मचारी स्वयमले सम्पादन गर्ने काम कारवाही निर्णायक हुने प्रणाली विकासमा आफूले जग बसाउन खोजेको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा स्थापना गरिएको उक्त ईकाइले आजैबाट आफ्नो कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बल, नेपालका दुई-दुई वटा बाहिनीहरुको अनुगमन तथा मुल्यांकनका लागि सो ईकाइमा चार वटा डेस्क स्थापना गरिएको छ । उक्त ईकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निर्देशनमा रहने हुँदा स्पष्ट ढङ्गले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारवाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरु हमेसा सतर्क रहने, फिल्डमा भएको काम कारवाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी-परेड, लेक्चर, रोलकल लगायतका फौजी क्रियाकलापहरुको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारीता आई संगठनको उद्देश्य प्राप्तीमा योगदान पुग्ने विश्वास गरिएको छ । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको संचार मार्फत सम्पूर्ण ईकाइहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-01-06
APF News
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको फौजी परम्परा अनुसार स–समान बिदाई
काठमाडौं, सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८ गते आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको हो । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई सो संघकी उपाध्यक्ष श्रीमती ज्योती के.सी.ले फुलमालासहित हार्दिक बिदाई गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसैअवसरमा सांगठानिक बिकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयोे । सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिनुहुने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले संगठन आजको यस स्थानमा आई पुग्नुमा संगठनका पूर्वज नेतृत्व, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको स्मरण गर्नुहँुदै सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो नियुक्तिका क्षेत्रहरुमा खटिई प्रदर्शन गरेको कार्यक्षमता, कर्तव्य परायणता तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा, उद्वारमा देखाएको पेशागत क्षमताको समेत मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानले सांगठानिक बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रीने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवा तथा समर्पणभावको समेत नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भईरहेको उल्लेख गर्नुभयो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई हुनु भएकोमा हार्दिक बधाई दिनुहुँदै उहाँको अवकाशपछिको जीवन सुखमय वितोस भन्ने सुभेच्छा समेत व्यक्त गर्नुभयो । उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2078-12-28
APF News
नेपाली सेनाद्धारा सशस्त्र प्रहरी बल, नेपाललाई हतियार हस्तान्तरण
काठमाडौं, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिती २०७८ चैत्र २४ गतेको निर्णयानुसार नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई १० हजार ६ सय नाल हतियार हस्तान्तरण गर्ने भएको छ । जंगी अड्डामा आईतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी प्रभूराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कुल ईन्सास राईफल ९ हजार तथा लाईट सपोट वेपन (एल.एस.डब्ल.) १६ सय नाल गरी जम्मा १० हजार ६ सय नाल हतियार मध्ये आईतबार पहिलो चरणमा ईन्सास ५ सय तथा लाईट सपोट वेपन ९० नाल हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वागत मन्तब्य राख्नुहँुदै उपरथी असोकराज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिबृद्धिमा समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाको तर्फबाट हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका महासेनानी पूर्ण प्रसाद ढकाल र सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले हतियार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त हतियार रक्षा सचिब किरणराज शर्मा तथा गृह सचिब टेकनारायण पाण्डेको उपस्थितिमा हस्तान्तरण भएको हो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, बलाध्यक्ष रथी सरोज प्रताप राणा तथा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकद्धय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-12-27
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न
काठमाडौं, चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र २६ गते सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । बिहान ७ बजेर ३१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल नेपालले चैतेदशैंको अवसरमा परम्परागत रुपमा हरेक वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ । त्यसअबसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
2078-12-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा अवकाश पूर्व बिशेष बढुवा हुनुभएका ११ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रदान कार्यालय हलचोक स्वयम्भूमा चैत्र २२ गते आयोजित एक समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै उहाँहरुले आफ्नो जीवनको स्वर्णिम समय राष्ट्र र नागरिकको सेवा, सुरक्षामा व्यतित गरी सांगठानिक बिकासमा पु¥याएको योगदान प्रति हार्दिक आभार प्रकट गर्नुहँुदै उहाँहरुको कार्यसम्पादनको क्रममा प्रदर्शन गरेको कार्यदक्षताको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले संगठनमा नियुक्ति तथा अवकाश निरन्तर चलिरहने एउटा प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै बढुवा हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुुहुँदै अवकाश पश्चात समेत उहाँहरुले आ-आफ्नो ठाउँबाट संगठनको श्रीबृद्धिका लागि बिभिन्न सहयोग, सुझाब तथा सल्लाह निरन्तर रुपमा प्रदान गरिरहने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक खनालले उहाँहरुको अवकाश पछिको जीवन सुखमय रहोस भन्ने सुभेक्च्छा व्यक्त गर्नुहँुदै उहाँहरुले संगठनमा विभिन्न नियुक्तिमा रहेर मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको कुशल नेतृव्व तथा प्रशिक्षण र परिचालनले सशस्त्र प्रहरी बल नेपालको नाम उच्च बनाएको उल्लेख गर्नुहुँदै संगठनका नेतृत्व तहले समेत सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्तिविकासमा ध्यान पु¥याउँदै नेपाल एपीएफ अस्पताल मार्फत स्वास्थ्य सेवा प्रदान, नेपाल एपीएफ स्कुलमार्फत सन्ततीका लागि उच्च स्तरीय शिक्षा प्रदान गर्नुका साथै समयानुकुल विविध कल्याणकारी योजनाहरु तर्जुमा गर्दै अगाडी बढिरहेको बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको चैत्र ७ र १५ गतेको निर्णयले उहाँहरु सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-12-22
APF News
लागूऔषधसहित एक जना पक्राउ
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले ४९ बोतल डाईलेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमला नगरपालिका ५ बस्ने २३ बर्षिय पंकज गुरमौता छन् । ज ९ प ७७६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरमौतालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईलसमेत बरामद गरिएको छ । पक्राउ परेको गुरमौतालाई बराद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-12-22
APF News
करोडौ मुल्य बराबरको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट चैत्र २२ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्र नभएको करीव ९४ लाख ५३ हजार रुपैयाँ बराबरको औषधीजन्य सामाग्री र किराना सामान बरामद गरेको छ । बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ख ९५४३ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको सो ट्रक समेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले चैत्र २२ गते प्रज्ञापन पत्र नभएको करीव ५१ लाख ९२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ९४२ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १४ स्थित गण्डक ईलाकाबाट बरामद गरेको हो । त्यसेवेला उक्त ट्रक समेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य २५ लाख रुपैयाँ रहेको छ ।
2078-12-22
APF News
सि. सं. ९ एसटिएफ तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ९ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम चैत्र २१ गते सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डागीलाई खुकुरी प्रदान गर्नुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृतहरुले सफलतापूर्वक तालिम सम्पन्न गर्ने ७२ जना प्रशिक्षार्थीहरुलाई एसटिएफको ट्याक प्रदान गर्नुभएको हो । १६ हप्ता अवधिको उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुका साथै जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2078-12-21