बर्दिया,
        बर्दिया जिल्लाको गुलरिया नगरपालिका ११ गणेशपुरस्थित सीमा ईलाकाबाट साउन
४ गते सशस्त्र प्रहरीले करीब ३९ लाख २० हजार रुपैयाँ बराबरको
यार्सागुम्बासहित भारत घर बताउने ३० बर्षिय कमल अहमदलाई पक्राउ गरेको छ ।
        नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखितमूल्य बराबरको १ के.जी.७००
ग्राम यार्सागुम्बासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण
बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
        पक्राउ परेका निज अहमदलाई बरामद यार्सागुम्बासहित आवश्यक कारवाहीको लागि
डिभिजन वनकार्यालय गुलरियामा बुझाइएको छ ।
                            
                                                             
                                                     
     
                     
            



