काठमाडौं,
        कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्याउलेबाट असार ३० गते सशस्त्र
प्रहरीले करीव ३ लाख ७३ हजार रुपैयाँ बराबरकोे लत्ताकपडा र पाउडर दुध
बरामद गरेको छ ।
        महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा अवैध रुपले
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण
कैलालीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
        यसैगरी रौतहट जिल्लाको बौधीमाई नगरपालिका ५ कोपुवाबाट असार ३० गते
सशस्त्र प्रहरीले करीव ६६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना
सामान बरामद गरेको छ ।
        बी.आर. १ ए.के. ७३३१ नम्बरको कारमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी समरजुवाबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार समेत बरामद
गरिएको छ ।
        बरामद सामान तथा कार स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



