रौतहट,
        रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र
प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले
सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९
नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा
बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको
छ ।
        बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।
                            
                                                             
                                                     
     
                     
            



