काठमाडौं,
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १
गते सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी
बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट साउन
१ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
किराना सामान बरामद गरेको छ ।
ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको
अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको
सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको
छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र
प्रहरीले साउन १ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद
गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ
जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र
प्रहरीले साउन २ गते करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद
गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र
प्रहरीले साउन २ गते रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १
लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।
बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
