पर्सा,
पर्सा जिल्लाको ठोरी गाँउपालिका २ सुन्दरबस्ती स्थित ढेडु खोलाले बगाई
ल्याएका एक जनाको सशस्त्र प्रहरीले असार ५ गते सकुशल उद्धार गरेको छ ।
एक जना व्यक्तिलाई सो खोलाले बगाई ल्याउँदै गरेको भन्ने जानकारी
पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट उद्धार कार्यको लागि
तत्कालै टोलीले खटिएको थियो ।
सशस्त्र प्रहरीले उद्धार गरेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको
मानसिक सन्तुलन ठिक नभएको बताइएको छ र उनलाई उद्धार पश्चात स्वास्थ्य
चौकी ठोरीमा बुझाएको छ ।
