सर्लाही, सशस्त्र प्रहरी बल नेपाल बिओपी मधुवनीबाट खटिएको टोलीले असार २६ गते करीब १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका घडी बरामद गरेको छ । अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त घडी सशस्त्र प्रहरीले सर्लाही जिल्लाको गोडैता नगरपालिका १२ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । सशस्त्र प्रहरीले बरामद घडी मलंगवा भन्सार कार्यालयमा बुझाएको छ ।
APF