बर्दिया,
        बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन ५ गते
सशस्त्र प्रहरीले एउटा भरुवाबन्दुक बरामद गरेको छ ।
        सशस्त्र प्रहरी बल नेपाल बिओपी फुटाहाबाट खटिएको सशस्त्र प्रहरीले उक्त
भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको हो ।
        बरामद भरुवा बन्दुक प्रहरी चौकी जमुनी फुटाहामा बुझाइएको छ ।
                            
                                                             
                                                     
     
                     
            



