Toggle Menu

समाचार

APF News
आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन
काठमाडौं, एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन भईरहेको आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रवेश परिक्षा पास गरी उक्त कोर्षमा छनोट भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै सफलताको शुभकामना समेत दिनुभयो । उहाँले सशस्त्र प्रहरी अधिकृतहरुलाई पेशागत रुपमा सुदृढ, सक्षम, व्यावसायिक एवं दक्ष बनाउनका साथै नेतृत्व तथा व्यवस्थापकीय क्षेत्र र सांगठनिक लक्ष्य प्राप्तीका लागि कोर्षले थप सहयोग पु¥याउने बताउनुभयोे । उहाँले एपीएफ कमाण्ड तथा स्टाफ कलेजको स्थापनासँगै सो कोर्ष निरन्तर रुपमा सफलतापूर्वक संचालन गर्नमा सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजीक शास्त्र संकायका डिन प्रोफेसर डा. कुशुम शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेजले स्थापनाको छोटो समयमै उत्कृष्ट ढंगमा कोर्ष संचालन गरी सशस्त्र प्रहरी अधिकृतहरुको नेतृत्व बिकास तथा क्षमता अभिबृद्धिमा योगदान पु¥याएको बताउनुभयो । एपीएफ कमाण्ड तथा स्टाफ कलेजको २०७१ साल फागुन २० गते स्थापनासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा सुरक्षा र व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविध विषयहरुबारे प्रशिक्षण गर्दै आईरहेको छ । एपीएफ कमाण्ड तथा स्टाफ कोर्र्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायमा सुरक्षा, बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर डिग्री रहेको छ । आठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी उपरीक्षक २ जना र सशस्त्र प्रहरी नायव उपरीक्षक १२ जना सहभागी रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापक, एपीएफ कमाण्ड तथा स्टाफ कलेजका शैक्षिक कार्यक्रम संयोजक, कलेजका समादेशक लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुकोे उपस्थिति रहेको थियो ।
2080-01-07
APF News
भन्सार छलि ल्याउँदै गरेको सामान नियन्त्रणमा
काठमाडौं, रौटहट जिल्लाको बौधिमाई नगरपालिका ५ कोपवा ईलाकाबाट बैशाख ७ गते सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटले करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी ईलाकाबाट बैशाख ६ गते प्रस्तावित सीमा सुरक्षा गु्ल्म गौर (बिओपी गौर) ले करीव १ लाख २३ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान नियन्त्रणमा लिएको छ । भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएको सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
2080-01-07
APF News
नुहाउने क्रममा कोशी नदिमा बेपत्ता तीन मध्ये एकको शव फेला दुईको खोजीकार्य जारी
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ०६ गते फेला पारी नदीबाट बाहिर निकालेको छ भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । घटनाबारे जानकारी पाएपश्चात नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर र सुरक्षा बेश चतराबाट विपद् व्यवस्थापन (डिएम) तालिम प्राप्तसहितको टोलीले झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २० बर्षिय नविन न्यौपानेको शव नदिबाट बाहिर निकालेको हो । न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० बर्षिय राजन गुरागाई र झापा जिल्लाको दमक नगरपालिका ९ बस्ने २२ बर्षिय रुद्र न्यौपाने सो नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।
2080-01-06
APF News
चोरीपैठारीको सामान नियन्त्रणमा
सुनसरी जिल्लाको हरिनगर गाँउपालिका १ भुटाहा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । को ३६ प १०६९ र को २० प ८२५६ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडासहित मोटरसाइकल सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (¬बिओपी कप्तानगंज) सुनसरीले नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको हरिनगर गाँउपालिका ६ अर्नवास्थित सीमा ईलाकाबाट बैशाख ४ गते सशस्त्र प्रहरी करीब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपाटर््स नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याउँदै गरेको मोटरपाटर््स सशस्त्र प्रहरी बल, नेपाल बिओपी घुस्कीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामान र मोटरसाइकल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बैशाख ३ गते सशस्त्र प्रहरीले करीब १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ, लत्ताकपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बिओपी डण्डा)ले नियन्त्रणमा लिएको हो ।
2080-01-04
APF News
करिव ४ लाख रुपैयाँ बराबरको सामान बरामद
धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरियानीबाट बैशाख ०४ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाले करिव ४ लाख २ हजार रुपैयाँ बराबरको सामानसहित तीन वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । बीआर ३२ एफ ३०२७ र बीआर ३२ एए ९९३३ नम्बरको मोटरसाईकलमा अबैध रुपले नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको ६० हजार रुपैयाँ बराबरको मदिरासहित उल्लेखित दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । यसैगरी बीआर ३२ एसी ८५७८ नम्बरको अपाचे मोटरसाईकलमा भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ४२ हजार रुपैयाँ बराबरको भाँडाबर्तन र लत्ताकपडासहित मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको मदिरा, सामान तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।
2080-01-04
APF News
बिशेष कार्यदल गणमा संचालित सि.सं. १० STF तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ बगलामुखी (विशेष कार्यदल) गण हेक्वा काठमाडौंमा संचालित सि.सं. १० STF तालिम सम्पन्न भएको छ । तालिमको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ४ गते सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक सागर श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो । महानिरीक्षक अर्यालले नियमित रुपमा सञ्चालन हुने तालिमहरुले संगठनको कार्यक्षमता, फौजलाई गतिशील एवं सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई लगनशील, अनुशासित, कर्तव्यनिष्ठ र पेशागत रुपमा दक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संगठनमा संचालित तालिमहरु मध्ये यस्ता विशेष प्रकृतिको तालिमको महत्व, उपादेयता तथा औचित्य अन्य तालिमहरु भन्दा विशिष्ट रहनुका साथै विशेष गरी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिकुल भूगोल र विशेष परिस्थितीमा समेत कुनै पनि कार्य त्रुटिरहित ढंगबाट सफलतापूर्वक सम्पन्न गर्न सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले राज्यमा भैपरी आउने सुरक्षा चुनौतीको सामना गर्ने हेतु विशेष प्रकृतिको तालिमले विशिष्ट र चुनौतीपूर्ण कार्यलाई प्रभावकारी रुपमा सम्पादन गर्न सकिने विश्वासले संगठनले परेका बखत जुनसुकै स्थान, जुनसुकै समय र जस्तोसुकै कार्यमा खटिनुपर्छ भन्ने मनस्थिति र दृढताका साथ तयारी हालतमा रहन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम सम्बन्धि विभिन्न डेमोस्ट्रेसन गरेका थिए । १६ हप्ता अवधिको तालिमको अन्तिम प्रवचन कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2080-01-04
APF News
नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीद्वारा फेला
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित महाकाली आर्याघाट नजिकै महाकाली नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले बैशाख ४ गते फेला पारी नदीबाट बाहिर निकालेको छ । सोही जिल्लाको कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बस्ने १८ बर्षिय दिपेन्द्र हमाल बैशाख ३ गते मलामी गएको बेला नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सो बारे जनाकारी पाएपश्चात नम्बर ३५ शैलेश्वरी गण कञ्चनपुर, प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी(बिओपी गड्डाचौकी) र बिओपी ब्रम्हदेबबाट खटिएको टोलीले नदीमा पानीमुनि डुबेको अवस्थामा उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव पोष्ट मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाएको छ ।
2080-01-04
APF News
बिलबिजक नभएको सामानसहित व्यक्ति तथा गाडी नियन्त्रणमा
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानले विल विजक नभएको विभिन्न किसिमको सामानसहित चार जना व्यक्ति र चार वटा गाडी नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ शिवधारा ईलाकाबाट बैशाख ४ गते करीब ९ लाख २३ हजार रुपैयाँ बराबरको किराना सामानसहित झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ४ बस्ने ३४ बर्षिय आकाश वि.क.लाई नियन्त्रणमा लिइएको छ । धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्र १-०१-००१ च ९३१४ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच गर्दा गाडीमा भएको किराना सामानहरुको बिलविजक फेला नपरेपछि नियन्त्रणमा लिइएको हो । यसैगरी शिवधारा ईलाकाबाटै बैशाख ४ गते करीब ७ लाख रुपैयाँ बराबरको बिलबिजक नभएको किराना सामानसहित धरानबाट भेडेटारतर्फ जाँदै गरेको को १ च ७२१८ नम्बरको मारुती भेन र भेन चालक सोही उपमहानगरपालिका १६ बस्ने ३२ बर्षिय मनिष के.सी.लाई नियन्त्रणमा लिइएको छ । यसैगरी सोही ठाउँबाट करीब ८ लाख रुपैयाँ बराबरको विभिन्न किसिमको सामान र धरानबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४६२२ नम्बरको मिनि ट्रकसहित धरान उपमहानगरपालिका १३ बस्ने सोभितमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । बिलविजक नभएको स्याउ, बदाम र ढाकाटोपीसहित उक्त गाडीका चालक श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो । यस्तै सोही ठाउँबाट बैशाख ३ गते उक्त बेसबाट खटिएको टोलीले करीब ११ लाख ८ हजार रुपैयाँ बराबरको सामान र ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २११८ नम्बरको ट्रकमा बिलबिजक नभएको चुरोट र एलपी ग्यास फेला परेपछि गाडीसहित चालक झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ६ बस्ने ३८ बर्षिय बिपिन कट्वाललाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको व्यक्ति, सामान तथा गाडी राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।
2080-01-04
APF News
सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट
काठमाडौं, कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले बैशाख २ गते अन्दाजी २०० मिटर गहिराईबाट निकालेको छ । सोही महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी भन्ने बताईएको छ । सो बारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो । उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।
2080-01-02
APF News
गुल्मपति तथा स्टाफ तालिम संचालन
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) संचालन भएको छ । सो तालिमको प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले चैत्र २९ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक खत्रीले तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै मनोनित भई तालिममा सहभागी हुने प्रशिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना दिनुभयो । उहाँले संगठनले यस किसिमका उन्नत तालिम नियमित रुपमा संचालन गर्दै आईरहेको बताउनुुहुँदै कार्यक्षेत्रमा आईपर्न सक्ने जस्तोसुकै सुरक्षा चुनौतीहरुलाई सामना गर्न तालिम सहायक सिद्ध हुने बताउनुभयो । १२ हप्ता अवधिको तालिममा ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् ।
2079-12-29
APF News
करीब ३४ लाख बराबरको ट्रक र लत्ताकपडा सशस्त्र प्रहरीको नियन्त्रणमा
सिरहा जिल्लाको लहान नगरपालिका २ स्थित लहान बजारबाट चैत्र २८ गते सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँ बराबरको मिनि ट्रक र लत्ताकपडा नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको लत्ताकपडासहित ट्रक सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लहान र प्रस्तावित सीमा सुरक्षा गुल्म ईनर्वाले नियन्त्रणमा लिएको हो । गस्तीमा रहेको सशस्त्र प्रहरीले प्र. २-०१ ००१ ख ०२९८ नम्बरको मिनि ट्रक रोकी जाँच गर्न खोज्दा ट्रक चालक ट्रक रोक्ने वित्तिकै फरार भएका थिए । नियन्त्रणमा लिइएको ट्रक र लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2079-12-28
APF News
चोरीपैठारीको लत्ताकपडा नियन्त्रणमाः–
सुनसरी जिल्लाको दुहवी नगरपालिका ३ बिराटनगर ईटहरी सडक खण्डबाट चैत्र २८ गते करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले नियन्त्रणमा लिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुहवीले ३ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा चैत्र २७ गते नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा सोही नगरपालिका ७ फर्साही ईलाकाबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको लत्ताकपडा भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।
2079-12-28
APF News
चिनी, युरिया मल र चामलसहित ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले चैत्र २६ गते नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस्तै ग १ ख ५८०९ नम्बरको ट्रकमा अवैध रुपले युरिया मल ल्याउँदै गरेको भन्ने जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल, नेपाल नं. ३१ गुल्मले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट थुम्सी ईलाकाबाट चैत्र २४ गते युरिया मलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको छ । यसैगरी काठमाडौंको नागढुंगाबाट चैत्र २१ गते नक्कली बिल बनाई ल्याउँदै गरेको युरिया मल र चामलसहित ना ७ ख ८०४० नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । नवलपरासी जिल्लाको बर्दघाट भुजह ईलाकाबाट युरिया मल र चामलको नक्कली बिल बनाई काठमाडौंतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल राजश्व चुहावट नियन्त्रण सुरक्षा बेस हरिहरभवन ललितपुरबाट खटिएको सशस्त्र प्रहरीले चामलसहितको उक्त ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चिनी, युरिया मल, चामल र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।
2079-12-27