बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट
श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाईकलसहित
सशस्त्र प्रहरीले असार ६ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी
मटिअर्वा) ले सोही उपमहानगरपालिका ८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्रलाई
नियन्त्रणमा लिएको छ ।
ना ३७ प ९७३५५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका
मिश्रलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको
श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
