पर्सा जिल्लाको बिरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५
हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान जेठ ३१ गते दिउँसो सशस्त्र
प्रहरीले बरामद गरेको छ ।
२ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र
एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
सामान ल्याउने ब्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी
फरार भएका थिए ।
बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा
अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय
रुपैयाँको रहेको छ ।
बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा
बुझाईएको छ ।
