रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट जेठ ३० गते
सशस्त्र प्रहरीले १ लाख २० हजार ७ सय ४० रुपैयाँ बराबरको विभिन्न सामान
बरामद गरेको छ ।
        भारतबाट नेपालतर्फ ल्याउँदै गरेको चोरीपैठारीको ड्रिल मेशिन, लत्ताकपडा
तथा मोबाईल ऐक्सेसरिज सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।
        बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

APF