महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १२ नैन्हीस्थित सीमा ईलाकाबाट
भन्सार पास समयावधि समाप्त भई अवैध रुपले नेपालमा रहिरहेको एउटा कार
सशस्त्र प्रहरीले अषाढ ३ गते नियन्त्रणमा लिएको छ ।
प्रतावित सीमा सुरक्षा गुल्म जलेश्वरी (बिओपी जलेश्वर) बाट सशस्त्र
प्रहरी नायव उपरीक्षक प्रदिप बुढाथोकीको कमाण्डमा खटिएको टोलीले डिएल ९
सिक्यूएस ४८९० नम्बरको भारतीय मारुती सुजुकी कार नियन्त्रणमा लिएको हो ।
तिब्रगतिमा नेपालबाट भारततर्फ जाँदै गरेको उक्त कार गस्तीमा रहेको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भन्सार पास समयावधि सकिएको फेला
परेपछि यिनन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको कार आवश्यक अनुसन्धान कारवाहीको लागि जलेश्वर भन्सार
कार्यालयमा बुझाइएको छ । उक्त कारको भन्सार दाखिला मूल्य ११ लाख रुपैयाँ
रहेको छ ।
