सर्लाही जिल्लाको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट जेठ ३१ गते
सशस्त्र प्रहरीले ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र
बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको
उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो । सामान ल्याउने
व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी
फरार भएका थिए ।
नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही
भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
