Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानबरामद
काठमाडौं, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट कार्तिक २ गते एपीएफ टोलीले करीव सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपारासीबाट खटिएको एपीएफ टोलीले कार्तिक २ गते करीव पाँच लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लेडिज कपडा बरामद गरेको छ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलील्े पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजीबाट बरामद गरेको हो । बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
2077-07-02
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विजया दशमी, शुभ दिपावली तथा छठपर्वको अवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना व्यक्त
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजया दशमी, शुभ दिपावली तथा छठपर्वको पुनित अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट असोज ३० गते सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु, कर्तव्य पालनाको सिलसिलामा प्राणको आहुती दिएका अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजन लगायत नेपालभर तथा शान्ति स्थापनार्थ विभिन्न देशहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनुहुँदै सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गर्नुभयो । उहाँले विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमा सुरक्षाको साथै राज्य प्रदत्त विभिन्न जिम्मेवारीका क्षेत्रहरुमा देशका विभिन्न ठाउँहरुमा रहेर सीमित साधनश्रोतका बावजुद कार्यक्षेत्रमा अहोरात्र खटिई राष्ट्रको सुरक्षा तथा आम नागरिकको सुरक्षा, सेवा र सहयोगमा पु¥याएको योगदान तथा कर्तव्यपरायणताको सर्वत्र प्रशंसा भईरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु अगामी दिनमा समेत अझ बढी सजग र सतर्क भई जिम्मेवारी निर्वाहमा कृयाशिल रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले चाडपर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक गतिविधि नियन्त्रण, सीमा अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण तथा निस्तेज गर्न कार्ययोजनासहित आ-आफ्नो जिम्मेवारी ईलाकामा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले व्यक्तिगत स्वार्थ र सुविधाभन्दा पनि देश र जनताको सेवा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखी नेपाल सरकार र संगठनले अपनाएका सुरक्षा मापदण्डहरुको पालना गर्दै आमनागरिकले आफ्नो परिवारभित्र मात्र सुरक्षितसाथ चाडपर्व मनाउने वातावरणका लागि सम्बद्ध अन्य सुरक्षा निकाय र छिमेकी देशको सुरक्षाकर्मीहरुसँग समेत समन्वय गरी थप सजकता अपनाई तन मन, बचन र कर्मका साथ कार्यक्षेत्रमा परिचालित रहन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सहायता कक्ष स्थापना गरि कोभिड-१९ महामारीको यो समयमा चाडपर्वको बेला स्वदेश तथा विदेशबाट आउने नागरिकलाई ठगिन र लुटिनबाट जोगाउँदै नेपाल सरकारले तोकेको सीमा नाकाहरुबाट मात्र व्यवस्थित र सुरक्षित रुपमा आवतजावत गर्न सकिने सहज वातावरण बनाउन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले दिनुभएको शुभकामना सन्देश ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभरका सशस्त्र प्रहरी इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-06-30
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिम र गुल्मपति तथा स्टाफ
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिमको असोज ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै फौजी संगठनमा यस्ता व्यावसायीक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गर्नुुभयो । उहाँले व्यक्तिगत वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा चेन अफ कमाण्ड र टिम स्पिरिटको विशेष महत्व रहने चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुमा रहेको ज्ञान सिपहरु मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सकिएमा कार्यक्षेत्रमा खटिँईदा सहज रुपमा कार्यसम्पादन गर्न सकिने तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद्विपद्मा परेका नागरिकको सहयोगमा प्रभावकारिता आउने बताउनुभयो । दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन् । यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदिप बुढाथोकी सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन् । उक्त तालिमहरुमा प्रशिक्षणको दौरान विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा समेत सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-06-30
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंज स्थित पूर्व–पश्चिम लोकमार्गबाट असोज २६ गते एपीएफ टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ बस्ने ४२ वर्षिय बिनोदप्रसाद यादव र भारतमा घर बताउने २३ वर्षिय संजयकुमार यादव छन् । को १० प ५२०७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोज ट्याब्लेट ५ पत्ता र स्पास्मो हाईड्रो क्लोराईड ८ पत्ता फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाईएको छ ।
2077-06-26
APF News
एपीएफ टोलीद्वारा ब्राउनसुगरसहित दुई जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित ईटाभट्टा ईलाकाबाट असोज २५ गते एपीएफ टोलीले करीव १ सय ६० ग्राम ८३ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षिय सुभास दर्जी र सोही नगरपालिका ८ बस्ने ३५ वर्षिय सन्जिप राजवंशी छन् । मे १० प १६४२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको थियो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2077-06-26
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट असोज २४ गते एपीएफ टोलीले विभन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका २ मौहवा बस्ने २७ वर्षिय सुवास यादव, २२ वर्षिय सनोजकुमार यादव र सोही जिल्लाको राजविराज नगरपालिका २ बस्ने १८ वर्षिय रामकुमार यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प ८७३४ र स ११ प ४५४३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईलेक्स डिसी ४ बोतल, नाईट्रोभेट ट्याब्लेट १५ वटा, ओकहार्ट ट्याब्लेट ४ वटा र १० ग्राम गाँजा फेला परेपछि पक्राउ गरिएको हो एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट तीन वटा मोवाईल सेट समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध, मोटरसाईकल तथा मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सखडामा बुझाईएको छ ।
2077-06-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको विर्तामोड नगरपालिका २ चारपाने स्थित सीमा ईलाकाबाट असोज २५गते एपीएफ टोलीले करीव पाँच लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा मेची भन्सार कार्यालय झापामा बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० विकास बस्ती स्थित सीमा इलाकाबाट असोज २४ गते एपीएफ टोलीले करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका मोवाईलको स्क्रिन गार्ड बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २ हजार ९ सय ३० थान मोवाईलको स्क्रिन गार्ड सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको पेटी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त पेटी एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ रामनगर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
2077-06-25
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीनिकासीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको बसवरिया गाउँपालिका ६ चोहर्वा स्थित सीमा ईलाकाबाट असोज २३ गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतीय नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । लत्ताकपडा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख सात हजार एक सय रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले असोज २३ गते गरीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको किराना सामान तथा लत्ताकपडा र नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी तथा केराउ एपीएफ टोलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका २ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2077-06-23